काठमाडौँ क्षेत्र नं-५
नेतृत्व गर्न तयार।
परिवर्तन पारदर्शिता परिणाम

ताजा अपडेटहरू
सस्मित पोखरेलद्वारा टोखामा घरदैलो अभियान सुरु
रास्वपाद्वारा राष्ट्रिय डिजिटल पूर्वाधार नीति पत्र सार्वजनिक
टाउन हल बैठक: काठमाडौं-५ मा रोजगारीबारे युवा संवाद
०५
काठमाडौँ
मेरो घर, मेरो जिम्मेवारी
"म २९ वर्षीय सस्मित पोखरेल काठमाडौंमा जन्मिएँ, यहीँ हुर्किएँ र यहीँ पढें। समुदायसँग नजिक भएर निरन्तर काम गर्दै आएको छु। हाल राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं. ५ मा चुनाव चिन्ह घण्टी लिएर उम्मेदवार भएको छु।"

को हुन् सस्मित?
प्रतिबद्धता पत्र
आधुनिक, डिजिटल र जवाफदेही नेपालका लागि हाम्रो दृष्टिकोण।
शिक्षा सुधार र डिजिटल रूपान्तरण
गुणस्तरीय, समान र प्रविधिमैत्री शिक्षा। डिजिटल कक्षाकोठा, सूचना प्रविधिमा आधारित सिकाइ र उद्यमशीलता।
डिजिटल सुशासन र जवाफदेहिता
बजेट र योजनाको पूर्ण डिजिटलाइजेशन। मोबाइलबाटै सरकारी सेवा र नतिजामुखी शासन प्रणाली।
युवा, रोजगारी र डिजिटल अर्थतन्त्र
नेपालमै रोजगारी सिर्जना गर्ने प्रविधिमैत्री नीति। स्टार्टअप, सूचना प्रविधि र रिमोट वर्कको प्रवर्द्धन।
डिजिटल नोम्याड भिसा र विश्वव्यापी प्रतिभा
विदेशी डिजिटल कामदारका लागि कानुनी ढाँचा। पर्यटन प्रवर्द्धन र वैदेशिक मुद्रा आर्जनको नयाँ स्रोत।
सेवा प्रवाह र शहरी व्यवस्थापन
एकीकृत डिजिटल नागरिक सेवा प्रणाली। शहरी पूर्वाधार र फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान।
सम्पदा संरक्षण र सांस्कृतिक पहिचान
स्थानीय समुदायको सहभागितामा सम्पदा संरक्षण। मौलिक संस्कृतिमा आधारित पर्यटन र आर्थिक अवसर।
मिडिया कभरेज
साझा परिकल्पना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आबद्धतामा नयाँ नेपालको भावना र नागरिक आन्दोलनद्वारा प्रेरित संरचनात्मक परिवर्तनका लागि सहकार्य।

